Logo
२७ पुस २०८१, शनिबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाम कार्यदलले मस्यौदा : मार्गदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवाद रहने

काठमाडौँ : नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकताको औपचारिक घोषणा नजिक पुगेका छन् । एकताका लागि गठित प्रतिवेदन मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिएपछि एकताको घोषणा नजिक पुगेको बताइएको छ । दुबै दलको सैद्धान्तिक पक्षलाई भने कार्यदलले थाँती राखेको छ । एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवादको सिद्धान्तलाई थाँती राखिएको नेताहरुले बताएका छन् ।

कार्यदलले पार्टी एकताको आवश्यकता र न्यूनतम समाजवादी कार्यक्रमलाई समेटेर प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा चुनावी घोषणापत्रमा समावेश गरेका योजना तथा कार्यक्रमलाई समावेश गरिएको कार्यदल सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो । पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा भने माक्र्सवाद र लेनिनवादलाई ग्रहण गरिएको बताइएको छ ।

कार्यदलले सरकारका कार्यक्रम समेत समेटेर प्रतिवेदनको मस्यौदा तयार पारिएको नेता पौडेल बताउनुभयो । भोलि बोलाइएको कार्यदलले प्रतिवेदन मस्यौदालाई अन्तिम रुप दिनेछ । त्यस लगतै पार्टी एकता संयोजन समितिको बैठकमा मस्यौदा पेश गर्ने तयारी रहेकोछ । एमाले र माओवादी केन्द्रका नेताहरुले बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर एकता घोषणा गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्