युरोपियन युनियनलाई देश निकाला गर्नु पर्छ : नेता पन्त (भिडियो)
काठमाडौं : नेकपा एमालेका नेता रधुजी पन्तले युरोपियन युनियन (इयू)लाई तत्काल देश निकाला गर्नु पर्ने बताउनु भएको छ । एविसी न्युजको नियमित कार्यक्रममा बोल्दै उहाँले युरोपियन युनियनको नियत ठिक नभएको बताउनु भयो ।
उहाँले युरोपियन युनियन नेपाली नेपाली बीच द्धन्द फैलाउन खोजेको आरोप लगाउँदै एनजिओ आइएनजिओको नाममा पैसा लगानि गरी मुलुकलाई पुनः द्धन्द तर्फ उन्मुख गराउन खोजेको बताउनु भयो ।
निर्वाचन पर्यवेक्षणको सन्दर्भमा युरोपियन युनियनद्धारा जारी पर्यवेक्षण रिर्पोट माथि टिका टिप्पणी भई रहेको छ । सरकार, राजनीतिक दलका नेताहरुले विरोध गरी रहेका छन भने, आदिवासी जनजाति महासंघले युरोपियन युनियनको भनाई सही रहेको दाबी गरी रहेका छन् ।