Logo
१० मंसिर २०८१, सोमबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धरापमा नेपालको पद : गभर्नर हटाउने ओली सरकारको तयारी

काठमाडौं : नेपाली कांग्रेस नेतृत्वको सरकारद्धारा नियुक्त गभर्नर चिरञ्जीवी नेपाललाई एपेक्स डेभलपमेन्ट बैंकका उच्च अधिकारीसँग मिलेर फाईल लुकाउन सहयोग गरेको आरोपमा हटाउने खेल सुरु भएको छ । उनी ५ बर्षका लागि २०७१ चैत ५ गते गभर्नर नियुक्त भएका हुन् । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

बैंकिङ क्षेत्रलाई नोक्सानी पुर्याएको प्रमाणित भएमा गभर्नरलाई हटाउन सकिने प्रावधान राष्ट्रबैंक ऐन २०५८ मा छ ।समाचारमा लेखिएको छ, त्यही प्रावधानमा टेकेर गभर्नर नेपाललाई हटाउन खोजिएको हो । एपेक्स बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धिताल र गभर्नर नेपाल दुवै कांग्रेस समर्थक भएकाले फाइल लुकाउन मदत गरेको आरोप लगाइएको छ ।

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्