विभिन्न समुदायका चाँडपर्वमा दिइने सार्वजनिक बिदा कटौति गर्दै सरकार
काठमाडौं : सरकारले धार्मिक र विभिन्न समुदायका चाडबाडका लागि दिइने सार्वजनिक बिदा कटौती गर्ने भएको छ ।बिदासम्बन्धी निर्णय गर्ने जिम्मेवारी पाएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा ‘क’का उपसचिव भरतकुमार शर्माका अनुसार शाखाले बिदाको खाका बनाएर क्याबिनेटमा पठाइसकेको छ ।
गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको मन्त्रिपरिषदको सामाजिक समितिले छलफल गरिसकेपछि क्याबिनेटले निर्णय गर्ने शर्माले बताए । आजकोनेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।
शर्माले भने, -हामीले कुन दिन बिदा दिनुपर्ने र कुन दिन नदिँदा हुने भनेर मंगलबार रायसहित पठाएका छौँ , सरकारले आवश्यक निर्णय गर्छ, त्यसमा केही थपघट हुनसक्छ ।
धार्मिक र सांस्कृतिक बिदा त्यही समुदाय र वर्गमालाई मात्र दिन सकिने र सेवाग्राहीको दैनिक कामकाजमा प्रभाव पार्न नहुने शाखाको प्रस्ताव छ ।