Logo
१४ मंसिर २०८१, शुक्रबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी अभावमा उदयपुरमा प्रशासनिक र न्यायिक कार्य ठप्प

उदयपुर : निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन भएलगत्तै देशमा प्रशासनिक तथा न्यायिक सुधार गर्ने र सुशासन दिने नयाँ सरकारले घोषणा गरेपनि उदयपुर जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा प्रशासनिक र न्यायिक कार्य ठप्प परेको छ ।

प्रजिअ तथा सहायक प्रजिअ अभावमा तीन महिनादेखि जिल्ला प्रशासन कार्यालयमा झण्डै २०० भन्दा बढी विभिन्न प्रकारका सार्वजनिक मुद्दा अनियन्त्रीत भएकोे कार्यालयले जनाएको छ ।

कर्मचरीहरु भन्छन् ‘प्रशासनमा उजुरी आइरहेका छन् , आफूहरुलाई निर्णय गर्ने अधिकार छैन, जनताले दुःख पाएका छन् ।’ हालसम्म कार्यालय प्रशासन प्रमुखविहीन बन्न पुगेकाले प्रशासकीय अधिकृत कुमार खड्काले निमित्त प्रजिअको कार्यभार सम्भाल्दै आएका छन् ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्