सिंहदरबारका अधिकांश कर्मचारीको ‘ब्लडप्रेसर हाई’, १६ दिनमा २१ जना इमर्जेन्सी भर्ना
काठमाडौं : सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ । सिंहदरबारभित्रै रहेको हेल्थ डेस्कमा जाँच गराउँदा अधिकांश कर्मचारीमा पाइमरी हाइपरटेन्सन अर्थात् उच्च रक्तचापको जोखिम देखिएको विहिवारको नयाँ पत्रिका दैनिकमा खबर छ ।
समाचार अनुसार हेल्थ डेस्कमा आउने अधिकांश कर्मचारीमा उच्च रक्तचापको समस्या देखिने गरेको छ । कामको चाप र तनावले समस्या भएको हुनसक्ने समाचारमा उल्लेख छ ।
नयाँ पत्रिका लेख्छ– सिंहदरबारका कर्मचारीमा तनाव, ग्यास्ट्रिक, प्रेसर, आँखा, टाउको दुख्नेजस्तो समस्या बढी देखिएको छ । महिला कर्मचारीमा आँखा र टाउको दुख्ने समस्या बढी छ भने पुरुषमा तनाव, ग्यास्टिक, प्रेसर र तनावको समस्या बढी देखिएको अहेव दीपक मुडबरीले बताए ।