बुहारीलाई बलात्कार प्रयास गरेका श्रीमानलाई जोगाउन सम्धीमाथि बलात्कार मुद्दा
वीरगन्ज : बुहारीलाई बलात्कारको प्रयास गरेको मुद्दामा फरार रहेका श्रीमानलाई जोगाउन नक्कली मुद्दा बनाउने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित बुहारीका बाबुले आफूलाई बलात्कार गरेको भनी नक्कली मुद्दा दर्ता गराउन आएपछि वीरगन्ज महानगरपालिका १३ राधेमाईकी सकीला खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनका श्रीमान मन्सुरबाबु सिद्दकी आफ्नी कान्छी श्रीमतीतर्फका छोराकी पत्नीलाई गत मंसिर १८ गते घरभित्रै बलात्कारको प्रयास गरेको मुद्दामा फरार छन् ।
सकीलाले बुहारीका बाबु बाराको बेल्दारी श्रीपुर घर भएका तैयब अन्सारीलाई बलात्कार मुद्दा लगाउने प्रयास गरेकी थिइन् । आजको नागरिक दैनिकको पृष्ठ ५ मा यो खबर छापिएको छ ।
महिला प्रहरीले अनुसन्धानको क्रममा केरकार गरेपछि सकीलाले आफूले सम्धी तैयबलाई झुटा आरोप लगाएको बयान दिएकी प्रहरी यपरीक्षक गणेश रेग्मीले बताए ।