Logo
१४ मंसिर २०८१, शुक्रबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईई आजबाट शुरु, अमर्यादित काम गर्नेलाई एक लाखसम्म जरिवाना

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ । चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी परीक्षा चैत २० गते सकिने छ ।

नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् ।८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ ।

वेदविद्याश्रमतर्फका विद्यार्थीले भने अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा दिइरहेका छन् ।

केन्द्रले लिने एसईई परीक्षा सम्भवतः अन्तिम हुनेछ । किनकी आगामी वर्षदेखि प्रदेशले नै परीक्षा सञ्चालन गर्नेछ ।

यसपटक अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने भएकाले यस पटकको परीक्षा विशेष छ । १० वर्षपछि नयाँ पाठ्यक्रम लागू गर्दै गणित बाहेक सबै विषयमा प्रयोगात्मक परीक्षा लागू गरिएको हो ।

परीक्षामा अमर्यादित काम गर्नेलाई एक लाख जरिवाना र ६ महिना कैद वा दुवै सजायँ हुने शिक्षा ऐनमा व्यवस्था गरिएको छ । एसईईको नतिजा अघिल्ला वर्षजस्तै ग्रेड पद्दतीमै सार्वजनिक हुनेछ ।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्