Logo
२३ कार्तिक २०८१, शुक्रबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुसन्धानलाई प्रभावकारी बनाउन अख्तियार सचिवको निर्देशन

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका ठूला बिगोका मुद्दा विशेष अदालतले धमाधम उल्टाएपछि अख्तियारमा खौलाबैला मच्चिन थालेको छ ।

यसैक्रममा अख्तियार सचिव राजन खनालले अनुसन्धानलाई प्रभावकारी बनाउन अनुसन्धान अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

आयोगमा सरुवा भई आएका अनुसन्धान अधिकृत तथा अन्य तहका कर्मचारीहरुलाई बुधबार आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा निर्देशन दिँदै सचिव खनालले अन्य निकायको भन्दा आयोगको कार्य गम्भीर र जटिल भएकाले यसको मर्म र भावना बुझेर काम गर्न निर्देशन दिए ।

‘आफूले गरेको कामको पुनः अनुसन्धान गर्ने अवस्था नआओस्’ सचिव खनालले भने, ‘ऐन नियम र कानुनी दस्तावेजहरुको समेत राम्रोसँग अध्ययन गरेर कार्यसम्पादन गर्नुहोला ।’

तीन दिनसम्म सञ्चालन हुने अनुसन्धान अभिमुखीकरण कार्यक्रममा आयोगको गठन, सांगठनिक स्वरुप,काम, कर्तव्य र अधिकार तथा आयोगको पदाधिकारी र कर्मचारीको आचारसंहिता विषयमा जानकारी गराइनेछ ।

पशुपति क्षेत्र विकास कोष, स्वास्थ्य विभाग र हालै भूकम्पपीडितका लागि त्रिपाल खरिदमा भएको भ्रष्टाचारको मुद्दामा विशेषले अनुसन्धान प्रभावकारी नभएको भन्दै आरोपितहरुलाई सफाइ दिएको थियो ।

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्