Logo
२७ पुस २०८१, शनिबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब म कुनै पार्टीमा छैन, सबैको साझा : राष्ट्रियसभा अध्यक्ष

पोखरा : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफु सम्पूर्ण नागरिकको साझा ब्यक्ति भएर संघीय संसद कानुन निर्माण प्रक्रियालाई अघि बढाउने बताएका छन् । उनले नेपाली समाजलाई समाजवाद उन्मुख बनाएर हरेक नागरिकलाई समान अधिकारको हिस्सेदार बनाउनु पर्नेमा जोड दिए। प्रहरीको ढोकामा आरोपी पुग्न नपाउँदै भनसुनबाट छुट्याइने गर्दा दण्डहीनता बढेको भन्दै तहगत भ्रष्टाचार मुलुकको समृद्धिका लागि घातक भएको उनको भनाइ थियो । उनले भने, ‘विधिको शासनबाट सुशासन स्थापित गर्नु अबको प्रमुख दायित्व हो ।’

पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको फेस टु फेस कार्यक्रममा बोल्दै तिमिल्सिनाले भने, ‘जुन दिन राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी ग्रहण गरें, सो दिनदेखि म राजनीतिक पार्टीको रुपमा छैन। म अब साझा ब्यक्तिको रुपमा हजुरहरु माझ छु ।’ सेवाग्राहीप्रति कर्मचारीतन्त्र उत्तरदायी हुन नसकेको भन्दै कर्मचारीतन्त्रले सही समयमा सही काम गर्न नसकेको उनको भनाइ थियो ।

मुलुक लामो संक्रमणकालीन अवस्थाका चरण पार गरेर लोकतान्त्रिक प्रक्रियामा प्रवेश गरेको भन्दै यसलाई संस्थागत गर्न संविधानको कार्यान्वयन अबको चुनौती भएको उनले बताए। उनले तीन तहको निर्वाचन मार्फत संविधानको एउटा चरण पुरा भएको भन्दै संविधानको पूर्ण कार्यान्वयनकालागि अझै एक स भन्दा बढि कानुन बनाउन र संशोधन गर्न बाँकि रहेको बताए । उनले नयाँ संघीय संरचनामा काननुको अभावमा काम कारबाही अघि बढ्न नसकेको भन्दै संघीय संसदले ऐन कानुन बनाएर बातावरण बनाउनु प्रमुख जिम्मेवारी रहेको बताए ।

संघीय संसदले ऐन नबनाउँदा झण्डै एक वर्ष अघि निर्वाचित जनप्रतिनिधिले अहिले सम्म काम गर्न नपाएको अवस्था औल्याए । उनले प्रदेशसरकारले पनि आफ्नो काम अघि बढाउन संघीय संसदले कानुन बनाएर पठाउनु पर्ने बताए । संघ प्रदेशले आफै कानुन बनाए पनि त्यसलाई सुसंचालन गर्न संघीय संसदले केहि कानुन निर्माण गर्दछ । ‘अबको प्रमुख प्राथमिकता कानुन निर्माण हो ।’ लोकतन्त्रमा सत्ता पक्ष र प्रति पक्ष एक सिक्काका दुई पाटा भएकोले उनीहरुका जायज मागलाई मुखरित गर्दै अगाडि लैजाने कुरामा समेत जोड दिए । उनले लोकतान्त्रिक गणतन्त्रमा सरकार अभिभावक भएर आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने बताए ।

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्