सडकमाथिको ढिस्को खस्दा बालिकाको मृत्यु
- नागरिक टाइम्स/ संवाददाता
७ चैत्र २०७४, बुधबार ००:००
डोटी : नयाँ निर्माण भएको सडकमाथिको ढिस्को खस्दा पुरिएर दिपायलमा एक बालिकाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा आज बिहान घटना भएको हो । घटनामा परी शिखर नगरपालिका–११ अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा बलायरको मृत्यु भएको हो ।
घटनास्थलबाट उद्धार गरी शैलेश्वरी अस्पताल दिपायलमा पु-याउने क्रममा उनको मृत्यू भएको हो । उनी दिपायलमा फुपूको घर आएकी थिइन् ।
घटनामा परी दिपायल सिलगढी नगरपालिका–२ दिपायलका ५६ वर्र्षीय चेत साहु घाइते भएका छन् । उनको शैलेश्वरी अस्पतालमै उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको छ ।