Logo
२३ कार्तिक २०८१, शुक्रबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युद्धस्तरबाट विकासमा जुट्न मूख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशहरुमा युद्धस्तरबाट विकास गरेर देखाउन मूख्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाई विकास र समृद्धिमा प्रदेश–प्रदेश प्रतिस्पर्धामा उत्रने गरी चमात्कारी विकास गर्न निर्देशन दिएका हुन ।

बैठकपछि ओलीको भनाई उदृत् गर्दै एक मुख्यमन्त्रीले भने,‘ओली ज्यूले अबको सरकारको एकमात्र लक्ष्य समृद्ध नेपाल निर्माण भएकाले त्यसतर्फ चमत्कारीक परिवर्तन गरेर देखाउन हामीलाई निर्देशन दिनुभयो ।’

ओलीले प्रदेशहरु आपसमा प्रतिस्पर्धी बन्न नसके आफै पछाडि पर्ने भएकाले त्यसलाई ख्याल गरी कार्यसम्पादन गर्न र आफ्नो प्रदेशमा भएका क्षमतालाई उच्चतम प्रयोगमा ल्याउन पनि निर्देशन दिएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले अब देशमा पार्टीगतभन्दा विकासगत अवधारणा सुरु भएकाले काममा विश्वास गर्न उनीहरुलाई आग्रह गरेका हुन् । नेपालको सबै देशसँग सन्तुलित सम्बन्ध भएकाले त्यसमा ख्याल गर्दै काम गर्न पनि प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिए ।

प्रदेशका लागि देखिएका संवैधानिक र अन्य कानुनी अड्चन समाधान गर्न महान्यायाधीवक्ताको नेतृत्वमा एक समिति गठन भएकाले त्यसले समाधान गर्ने उनको भनाइ थियो । अब असफल हुने छुट कसैलाई नभएकाले सफल हुनैपर्ने बाध्यता मुख्यमन्त्रीसामु रहेको प्रधानमन्त्री ओलीले बैठकमा भनेका छन् ।

यसअघि सशस्त्र युद्ध र शान्तिपूर्ण आन्दोलनमा अधिकार प्राप्तिका लागि लडेको तर अब विकास गर्ने कार्यमात्र बाँकी रहेकाले असफल हुने मौका कसैलाई नभएको उनले बताए । देशले अब समृद्धि र विकास माग गरेकाले त्यसलाई केन्द्रमा राखेर सातै प्रदेशले योजना बनाउन र बजेटको विषयमा केन्द्रले व्यवस्था मिलाउने उनले मुख्यमन्त्रीहरुलाई आश्वासन दिए ।

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र महान्यायाधीवक्तालाई बोलाएर प्रदेश सञ्चालनका कठिनाइ र समस्याबारे छलफल कार्यक्रम राखेका थिए । यस्ते, ओलीले देशको आन्तरिम मामिलामा कसैको पनि हस्तक्षेप आफूलाई सह्य नहुने चेतावनी समेत दिएका छन् ।

सात वटै प्रदेशका मुख्यमन्त्रीसँगको बैठकमा ओलीले नेपालको आन्तरिक मामिलामा कुनै पनि विदेशी निकायहरुको टिप्पणी आवश्यक नहुने बताए ।

केही समयदेखि छिमेकी देशसँग सम्बन्ध बिगारेको भनेर आफूमाथि गलत आरोप लगाइएको भन्दै उनले गलत प्रचारको पछि नलाग्न मुख्यमन्त्रीहरुलाई निर्देशन दिएछन् ।

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्