संघीय संरचना तयार गर्न आगामी वर्ष ८ सय २० अर्ब छुट्याउने तयारी
काठमाडौं : आगामी वर्ष संघीय संरचना तयारका गर्न ८ सय २० अर्ब बजेट छुट्याउने तयारी भएको छ ।
अर्थमन्त्रलयका अनुशार सरकारले आर्थिक वर्ष ०७५/७६ को बजेट ल्याउनका निम्ति आन्तरीक गृहकार्य सुरु गरिएको र संघीय संरचना तयार गर्न सो रकम छुट्याउने तयारी भएको हो ।
अर्थका अनुशार तीनै तहका संघीय संसद भवन र त्यहाँ रहने अन्य सरकारी भवन निर्माणका निम्ति अर्थमन्त्रालयले सो बरबरको बजेट पूर्वधार तर्फ ल्याउने तयारी गरेको हो ।
अर्थ स्रोतले भन्यो,‘स्थानीय,प्रदेश, केन्द्रमा रहने भवनहरु निर्माण, मर्मतका निम्ति तत्काल ८ सय २० अर्ब बराबरको बजेट छुट्याउने तयारी भएको छ, जुन मन्त्रालयले गरेको प्रारम्भीक अनुमान हो ।’
अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै मन्त्रालयका उच्च अधिकारीहरु समयसिमा भित्रै बजेट ल्याउनका निम्ति निर्देशन दिएका थिए । अर्थमन्त्रीको निर्देशन आएलगत्तै मन्त्रालयका उच्च अधिकारीहरु संवैधानिक र व्यवहारिक पक्षलाई मुख्य आधार बनाई बजेट निर्माणको कार्यमा अर्थका अधिकारीहरु जुटेका छन् ।
अर्थमन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले भने,‘संवैधानिक व्यवस्था र समृद्धीको बाटोलाई प्रमुख प्राथमिकतामा राख्दै बजेट निर्माणको आन्तरीक तयारी भैइहरको छ ।’ अर्थ मन्त्रालयका अनुशार अहिले रहेका २० प्रतिशत सरकारी भवनहरु मन्त्रालय संमायोजन पछि खालि हुनेछन् ।
ती भवनहरुमा संघीय संरचनामा तय भएका कार्यालयहरु राखिनेछ । चालू आ.वमा अर्थ मन्त्रालयले तीनै तहलाई तत्काललाई आवश्यक पर्ने भवन नयाँ निर्माण गर्न भन्दा पनि प्रयोगमा नआएका सरकारी भवनलाई मर्मत संभार गरि प्रयोगमा ल्याउन भनेको छ तर आउँदो बजेटमा भने संघीय संरचनाका निम्ति निश्चित रकम विनियोजन गर्ने गरि काम अघि बढेको अर्थ सम्बद्ध स्रोत बताउछ ।