Logo
१२ मंसिर २०८१, बुधबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप नजितेमा मेस्सीले सन्यास लिने

काठमाडौं : स्टार स्ट्राइकर लिओनल मेस्सीले रुसमा हुन लागेको फुटवल विश्वकपमा अर्जेन्टिनाले उपाधि नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन् ।

बार्सिलोनाका स्ट्राइकर समते रहेका मेस्सीले अझैसम्म विश्वकप जित्न सकेका छैनन्, त्यसैले उनको आलोचना पनि हुने गर्छ । २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग हारेपछि ३० वर्षीय मेस्सीले सन्यास पनि लिएका थिए । तर, फेरि टिममा फर्किएका छन् ।

मेस्सीले एक अर्जेन्टिनी टीभीलाई अन्तरवर्ताका क्रममा भनेका छन्, ‘हामीलाई लाग्छ, यदि रुसमा विश्वकप जितेनौं भने राष्ट्रिय टोली छाड्नुपर्छ ।’उनले अघि भने, ‘मेरो सपना छ रुसमा उपाधि जित्ने । मेरो चाहना छ कि ब्राजिलमा जस्तै खेल्ने ।’

अर्जेन्टिनाले १९८६ पछि विश्वकपको उपाधि जितेको छैन । यो पटक रुसमा विश्वकप हुँदै गर्दा मेस्सीसहितको अर्जेन्टिनी टोलीलाई उपाधिको दावेदारका रुपमा हेरिएको छ । विश्वकप खेल्ने अर्जेन्टिनी टोलीमा गोन्जालो हिगुइन, सर्जिओ एग्युरा, डिबालासँगै मेस्सी रहेको टिम अनुमान गरिएको छ ।

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्