Logo
४ आश्विन २०८१, शुक्रबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीयता र लोकतन्त्र खतरमा पर्ने संकेत : लाल

काठमाण्डौ : राष्ट्रिय जनता पार्टीका नेता एवं राष्ट्रिय सभा सदस्य बृशेष चन्द्र लालले हाल नेपालमा देखिएको राजनीतिक ध्रुबिकरणले देशमा लोकतन्त्र नै खतरामा पर्न सक्ने संकेत रहेको बताउँदै मधेशकेन्द्रित दलका शिर्ष नेताहरु गंभिर भई कुनै निर्णय लिन सुझाएका छन ।

नागरिक टाईम्ससंगको कुराकानीमा उनले भने ,—‘ अख्तियार दुरुपयोग ,अनुसन्धान आयोग तथा सम्पत्ति सुद्धिकरण लगायतको सम्पुर्ण निकायलाई प्रधानमन्त्रीको कार्यालयमा केन्द्रित गर्ने प्रयास गरिएको छ , न्याय प्रणालीमा छिन्न भिन्नता, न्याय प्रणालीको सिष्टमलाई जुन तोड्ने प्रयास गरिएको छ त्यसले देशमा लोकतन्त्रमाथि समेत खतरा देखिएको छ ।’

लोकतन्त्र र संघीय संरचनाको मुख्य कारक र वाहक मधेशी जनता नै रहेको उल्लेख गर्दै नेता लालले अहिले राजपा र संघीय समाजवादी फोरमका नेताहरुले यस्ता गतिविधीमाथि गंभिरतापुर्वक विचार गर्नु पर्ने सल्लाह दिएका छन ।

मधेशी जनता सदैव लोकतन्त्र र संघीय संरचना प्रति सदैव प्रतिबद्ध रहेको दावी गर्दै उनले नेता महन्थ ठाकुर र उपेन्द्र यादवको नाम किटेरै गंभिर हुन सुझाव दिए ।

अहिले मधेशवादी दलहरु गंभिर नभए संघीयता मात्र होइन देशमा लोकतन्त्र नै खतरामा पर्ने निश्चित रहेको उनको कथन छ ।

मधेशकेन्द्रित दलहरुले सरकारमा जाने नजाने सन्दर्भमा उनले खुलेर केही बोल्न नचाहेपनि मधेश केन्द्रित दलहरुले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई मत दिनुलाई अनुचित रहेको बताउँदै सरकारमा नगए मधेशी जनतामा दलहरु प्रतिको सम्मान बढ्ने बताए ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्