Logo
४ आश्विन २०८१, शुक्रबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः रेशम चौधरीलाई जेलभित्रै शपथ गराउने सरकारको तयारी

काठमाडौं : रेशम चौधरीलाई जेलभित्रै शपथ गराउन सरकारले तयारी थालेको छ । साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी गरिएको हो ।

सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको समाचार स्रोत बताउछ । राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतको दावी छ ।

राजपा नेताहरूले चौधरीको मुद्दा फिर्ता लिन गरेको माग अस्वीकार गर्दै अदालतले गर्ने अन्तिम निर्णय नै पर्खने गरी तत्कालका लागि भने प्रमाणपत्र र शपथको वातावरण मिलाउन तयार भएको हो ।

शपथको वातावरण मिलाउन नै चौधरीलाई कैलाली कारागारबाट काठमाडौं ल्याइएको छ । कैलाली क्षेत्र नम्बर १ बाट चौधरीले ३४ हजार ३४१ मत ल्याई प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका थिए ।

प्रतिद्वन्द्वी एमाले उम्मेदवारभन्दा २० हजार ९३५ मतान्तरमा चुनाव जितेका उनलाई निर्वाचन आयोगले निर्वाचन जितेको प्रमाणपत्र अहिलेसम्म दिएको छैन । केही दिन अघी चौधरी आमारण अनशनमा समेत बसेका थिए ।

गृहमन्त्री रामबहादुर थापाले सरकारी तर्फबाट माग पुरा गर्ने आश्वासन दिएपछि उनले अनशन तोडेका थिए ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्