Logo
४ आश्विन २०८१, शुक्रबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपराष्ट्रपतिको निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत

काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी प्रतिवेदन आज बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीको टोलीले राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन आज साँझ बुझाएको हो ।

निर्वाचन ऐनमा उपराष्ट्रपति पदको निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने व्यवस्था रहेअनुरुप आज सम्पन्न निर्वाचनको प्रतिवेदन बुझाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उपराष्ट्रपति पदका लागि भएको निर्वाचनमा वर्तमान उपराष्ट्रपति नै आज निर्विरोध निर्वाचित हुनुभएको थियो ।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरु उपराष्ट्रपतिबाट सम्पादन गरिनेछ । निर्वाचित भएको मितिले पाँच वर्षको कार्यकाल हुने उपराष्ट्रपतिले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।(रासस)

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्