Logo
२७ पुस २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमण चीनबाट सुरु गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण उत्तरी छिमेकी चीनबाट सुरु गर्ने भएका छन् ।नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको विदेश भ्रमणको तयारी भइरहेको जानकारी दिए । ‘प्रधानमन्त्री ओलीको विदेश भ्रमणको गृहकार्यमा हामी जुटिसकेका छौं, पहिलो भ्रमण चीनबाट हुनसक्छ’, उनले भने ।

उनले भारत र चीन लगायत अमेरिका, बेलायत र जापानबाट पनि नेपालमा उच्चस्तरीय भ्रमण हुने विश्वास दिलाए ।भारतले नेपालसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न खोजेको सन्देश दिइसकेकोले आफूहरु त्यसप्रति पूर्ण सकारात्मक रहेको ज्ञवालीको भनाई थियो ।

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाटै सुरु हुन लागेको हो भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले ‘पहिला कुन देश जाने भन्नेबारे अहिले एकिन नभएको र भारतबाट पनि हुनसक्ने र चीनबाट पनि हुनसक्छ, जहाँबाट पनि हुनसक्छ, प्रधानमन्त्री र राष्ट्रपति दुवै जना विदेश भ्रमणमा जानुहुन्छ, तर अहिले भ्रमण तालिका निश्चित नभएको बताए ।

 

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्