Logo
४ आश्विन २०८१, शुक्रबार
(March 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छिमेकीको कुभलो नेपाल चिताउँदैन, अझ सुदृढ सम्बन्ध राख्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ : नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा सम्पादन गर्ने कार्यहरुको प्रस्तावलाई स्वीकृति गर्दै आज आफ्नो कार्यभार सम्हाल्नुभएको छ । शीतल निवासमा मन्त्री पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पद बहाली गर्दै उहाँले दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लगिने र नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नेपाल छिमेकीको कुभलो चिताउँदैन, छिमेकीसित अझ सुदृढ सम्बन्ध राख्छ ।”

विसं २०६२÷६३ को ऐतिहासिक गणतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धिका रुपमा रहेको शान्ति प्रक्रियाको कार्यभार पूरा गर्न महत्वपूर्ण योगदान दिनुभएका मन्त्री ज्ञवालीले ११ वर्षपछि महत्वपूर्ण मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ ।सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले मन्त्रालयले आर्थिक कूटनीतिमा जोड दिएको बताउँदै नवनियुक्त मन्त्री ज्ञवालीको नेतृत्वमा मन्त्रालयले फड्को मार्ने विश्वास गर्नुभयो । (रासस)

प्रकाशित मिति: Mar 16, 2018

प्रतिक्रिया दिनुहोस्