Logo
४ आश्विन २०८१, शुक्रबार
(March 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् विस्तार : शुक्रबार शपथ लिने यी हुन् नवनियुक्त मन्त्रीहरु

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री ‌ओलीले एमाले र माओवादी केन्द्रका मन्त्रीहरु थपेका हुन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् ।

मन्त्रीहरु :
प्रदीप ज्ञवाली–परराष्ट्र
गोकर्ण विष्ट–श्रम, रोजगार तथा सामाजिक सुरक्षा
रवीन्द्र अधिकारी–संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन
रघुविर महासेठ–भौतिक पूर्वाधार तथा यातायात
शेरबहादुर तामाङ –कानुन, न्याय तथा संसदीय मामिला
जगतबहादुर विश्वकर्मा–युवा तथा खेलकुद

गिरिराजमणि पोखरेल-शिक्षा, विज्ञान तथा प्रविधि
वर्षमान पुन–ऊर्जा, जलस्रोत तथा सिँचाइ
शक्तिबहादुर बस्नेत-वन तथा वातावरण
चक्रपाणि खनाल–कृषि, भूमि व्यवस्था तथा सहकारी
बिना मगर–खानेपानी

यसैबीच, नवनियुक्त राज्यमन्त्रीहरुलाई पनि शुक्रबार नै प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

राज्यमन्त्रीहरु :
गोकुल बाँस्कोटा- सञ्चार तथा सूचना प्रविधि
पद्मा अर्याल- स्वास्थ्य तथा जनसंख्या
रामकुमारी चौधरी- कृषि, भूमि व्यवस्था तथा सहकारी
धनबहादुर बुढा-संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन

 

प्रकाशित मिति: Mar 16, 2018

प्रतिक्रिया दिनुहोस्