राष्ट्रपति भण्डारीको सपथ माथि संसदमा उठ्यो प्रश्न
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सपथग्रहणमाथि प्रश्न उठेको छ । बैठकमा राष्ट्रपति भण्डारीको सपथग्रहणमाथि नेमकिपाका सांसद प्रेम सुवालले प्रश्न उठाएका हुन् ।
विशेष समयमा सभामुखले दिएको समयमा बोल्दै सांसद सुवालले सर्वोच्चबाट राजीनामा गरेका पूर्वप्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको ५ वटा जन्ममिति रहेको बताँउदै राष्ट्रपतिले लिएको सपथ अबैध रहेको जिकिर गरे ।
उनले भक्तपुरमा भू–माफियाले सार्वजनिक पोखरी भूमाफिया र मालपोत कर्मचारी मिलेर सिध्याएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह समेत गरे ।