Logo
४ आश्विन २०८१, शुक्रबार
(March 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृत्रिम ऋणीलाई कर्जा : एपेक्स बैंकमा १ अर्ब पचास करोड घोटाला, १३ जना पक्राउ

काठमाडौं : नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर पश्चात कमसल धितो राखेर कृत्रिम ऋणीलाई कर्जा प्रवाह गर्ने तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका १३ उच्च अधिकारीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तत्कालिन एपेक्स बैंकका अध्यक्ष विष्णु प्रसाद धिताल, संचालकहरु ईच्छा बहादुर गुरुङ, सवर्ण राज भण्डारी, मधुवन लाल श्रेष्ठ, निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, बरिष्ठ प्रवन्धक दुर्गादत्त जोशी, सहायक महाप्रवन्धक रामचन्द्र बसौला, लोकन्थली शाखा प्रमुख सागर नेउपाने, शाखा प्रबन्धक मान बहादुर राउत, सहायक महाप्रवन्धक विनित मणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल र शाखा प्रबन्धक सुदीप थापा रहेका छन् ।

एनसिसी बैंकसँग २०७२ मंसिर दोस्रो साता मर्जरमा जाने सहमतीमा हस्ताक्षर गरेपछी मर्जरको फाईदा उठाउँदै तत्कालिन एपेक्स बैंकको दरबारमार्ग, लोकन्थली, ईटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरुबाट उच्च अधिकारीको मिलेमतोमा अनियमित कर्जा प्रवाह भएको बताईएको छ ।

केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार बैंकका जिम्मेवार अधिकारीहरुले भिरालो पाखोबारी तथा बाटो नपुगेको जग्गाको अधिक मूल्याङ्कन गरी कृतिम ऋणिहरुको नाममा समेत कर्जा प्रवाह गरेर बैंकलाई एक अर्ब पचास करोड ९६ लाख हानी पुर्याएका थिए ।

यसरी बैंकिङ कसुरमा संलग्नहरुलाई शुक्रवार राजधानीका विभीन्न स्थानहरुबाट नियन्त्रणमा लिएर बैंकिङ कसुर तथा सजाय ऐन–२०६४ बमोजिम अनुसन्धान शुरु गरिएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रकाशित मिति: Mar 16, 2018

प्रतिक्रिया दिनुहोस्