Logo
३१ भाद्र २०८१, सोमबार
(March 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘पदमुक्त’ प्रधानन्यायाधीशबाट राष्ट्रपतिले भण्डारीले लिइन् सपथ

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनले पदमुक्त भइसकेका प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष सपथ लिएकी हुन् । राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायापरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।

न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट पारिएको छ । पदमुक्त भइसकेको भनिएको ब्यक्तिबाट राष्ट्रपति भण्डारीले लिएको सपथलाई वैधानिकता मान्ने वा नमान्ने भन्ने गम्भीर संवैधानिक प्रश्न उब्जिएको छ । कानूनविज्ञहरुले यसलाई असंवैधानिक भनिरहेका छन् ।

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्