Logo
३१ भाद्र २०८१, सोमबार
(March 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव बंगलादेशबाट बुझ्न अस्विकार

काठमाडौं : बंगलादेशले अफ्ना देशका नागरिकको शव पहिचान नभएसम्म शव नबुझ्ने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा मृत्यु भएका नागरिकको शव जसरी पनि पहिचान गर्नुपर्ने बंगलादेशले माग गरेको छ । सम्पूर्ण प्रक्रिया पूरा गराएर शब पहिचान नगरेसम्म बंगलादेशी टोलीले शब नबुझ्ने अडान लिएका हुन् ।

दुर्घटनापछि नेपाल आएको बंगलादेशी उच्चस्तरीय टोलीले छलफलका लागि नागरिक उड्यायन प्राधिकरणसँग सम्बन्धीत छलफलका क्रममा पहिचान हुन नसकेके अवस्थामा डिएनए परीक्षण गरेर भएपनि शव पहाचान गर्नुपर्नेमा जोड दिएको नेपाल नागरिक उड्यायन प्रधिकरण प्रमुख सज्जीव गौतमले जानकारी दिए ।

बंगलादेशको उच्चस्तरीय टोलीले बंगाली टोलीले जहाज दुर्घटनाका विषयमा गठन गरेको अयेगमा अफ्नो देशको प्रतिनिधि पनि सहभागी गराउनुपर्ने माग गरेको छ । बंगालादेशी टोलीको उक्त मागप्रति सरकारका सबै निकायले सहमति जनाएका छन् ।

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्