Logo
२३ कार्तिक २०८१, शुक्रबार
(March 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजलास बहिष्कार गरेका आठ न्यायाधीशलाई गोपाल पराजुलीले तोके मुद्दा

काठमाडौं : इजलास बहिष्कार गरेका आठ न्यायाधीशलाई प्रधानन्यायाधीश गोपाल गराजुलीले मुद्दा तोकेका छन् ।

पूर्ण इजलासका अतिरिक्त सर्वोच्चमा आज पनि दश इजलास गठन भएका छन्। यसअघि गत सोमबार फरक रायसहित इजलास नबस्ने घोषणा गरेका न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मुद्दा तोकिएको छैन।

मंगलबार इजलास बहिष्कार गरेका न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलास तोकिएको छ।

बहिष्कार गरेका न्यायाधीशको संयुक्त इजलास गठन भएको छ।

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्