Logo
३ आश्विन २०८१, बिहीबार
(March 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति निर्वाचन : राजपा फोरम समेत राप्रपाको पनि मत भण्डारीलाई

काठमाडौं : प्रधानमन्त्री केपि शर्मा ओलीलाई सर्मथन गरका सबै दलहरु राष्ट्रपति निर्वाचनमा पनि एमाले कै उम्मेदवारलाई मतदान गर्ने भएका छन् । योसंगै नेपाली कांग्रेस मात्र बिपक्षमा देखिएको छ । उस्ले आफनै उम्मेदवार
खडा गरेको छ । राष्ट्रिय राजनीति दलहरु मध्ये एमाले, माओवादी, राजपा र फोरम समेत ४ ओटा दलले विद्यादेवी भण्डारीलाई मतदान गर्नेछन् भने नेपाली काग्रेसले मात्र भण्डारीलाई मतदान गर्ने छैनन ।

यता, राप्रपाले पनि राष्ट्रपति निर्वाचनमा भण्डारीलाई मतदान गर्ने भएको छ । राप्रपा प्रवक्ता भुवन पाठकले मंगलबार विज्ञप्ति निकालेर भण्डारीलाई मतदान गर्ने जानकारी दिएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै वृहत्तर राष्ट्रिय हित, एकता र प्रजातन्त्रको संरक्षण सम्बर्द्धनको साथै सबै पक्षहरुको बीच संयोजनकारी भूमिकाको अपेक्षा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई मतदान गर्ने निर्णय गरेको छ ।’

मंगलबार हुने राष्ट्रपति निर्वाचन भण्डारी र कांग्रेसकी कुमारी लक्ष्मी राई उम्मेदवार छन् । राप्रपाबाट बिभाजन भएर गठन भएको राप्रपा प्रजातान्त्रिकले भने राईलाई मतदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: Mar 13, 2018

प्रतिक्रिया दिनुहोस्