Logo
३ आश्विन २०८१, बिहीबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमान दुर्घटनाको अध्ययनका लागि छानविन समिति गठन गर्न देउवाको आग्रह

काठमाडौं :  कांग्रेस सभापति शेरबहादुर देउवाले युएस बंगाला विमान दुर्घटनामा परी मुत्यु भएकाप्रति श्रदाञ्जली व्यक्त गर्नु भएको छ ।

सोमबार अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा उक्त ढाकाबाट काठमाडौंतर्फ आएको विमान दुर्घटनाग्रस्त भएको थियो । देउवाले दुर्घटनामा परी घाईते भएकाहरुलाई तत्काल उपचार गराउन सरकारसँग आग्रह गर्दै स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ ।

‘त्रिभुवन विमानस्थलमा युएस बंगाल विमान दुर्घटनाको खवरले म निकै मर्माहीत भएको छु’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनामा परी निधन भएकाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ देउवाले उद्दार र घाईतेहरुको उपचारमा तदारुकता देखाउन पनि सरकारसँग आग्रह गर्नु भएको छ ।

देउवाले दुर्घटनाका विषयमा तत्काल छानविन समिति गठन नगरी वास्तविकता बाहिर ल्याउन पनि सरकारसँग माग गर्नु भएको छ । देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाको वास्तविकता पत्ता लगाउन तत्काल छानविन समिति गठन गर्न म सरकारसँग माग गर्दछु ।’

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्