Logo
१२ पुस २०८१, शुक्रबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशमाथी गम्भीर आरोप लगाउँदै न्यायाधीशद्वारा इजलास बहिस्कार

काठमाडौं : प्रधानन्यायाधीशमाथी गम्भीर आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कार गरेका छन् ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली अवकाश भइसक्नुपर्ने व्यक्ति भएकाले सँगै बसेर न्याय सम्पादन गर्न नसक्ने भन्दै न्यायाधीश चोलेन्द्रशमशेर राणाले पूर्ण इजलास बहिस्कार गरेका हुन् ।

उनले न्यायपरिषद् ऐनको व्यवस्थाअनुसार २०७४ साल साउन २१ गते नै अवकाश पाउनुपर्ने भए पनि पराजुली पदमै रहेकाले आफूले सँगै बसेर न्याय सम्पादन गर्न नसक्ने भन्दै सोमबारको इजलास बहिस्कार गरेको बुझिएको छ । पराजुली बारम्बर विवादमा फस्दै आएका छन् ।

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्