Logo
१२ पुस २०८१, शुक्रबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशम चौधरीलगायतको आमरण अनशन जारी : भन्छन्-‘न्यायका लागि मर्न तयार छु’

काठमाडौं : जनताबाट निर्वाचित सांसद तथा टीकापुर घटनाका आरोपित रेशम चौधरीलगायतले आज पनि आमरण अनशन जारी राखेका छन् । टीकापुर घटनाका आरोपिहरुले तीन बुँदे माग राख्दै गत आइतवार साँझदेखि आमरण अनशन थालेका थिए । माग पूरा नभएसम्म आफुहरुको अनशन जारी रहने उनीहरुको भनाइ छ ।

उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ । राष्ट्रिय जनता पार्टीका सांसदरहेको चौधरीको मुद्दालाई राजनीतिक त्वरबाट किनारा लगाउनु पर्ने र उनको आमरण अनशन यथास्रिघ स्थगित गराउन सरकारले पहल गर्नुपर्ने भन्दै राजपाका शिर्ष नेताहरुले गृहमन्त्रीलाई दवाब दिइसकेका छन् ।

फागुन २० गते सांसद चौधरीलाई शपथ ग्रहणमा सहभागी नगराएपछि थुनुवाहरु जेलभित्रै असशनमा बसेका हुन् । करिब ३० महिनासम्म फरार रहेका उनी फागुन १४ गते जिल्ला अदालत कैलालीमा उपस्थित भए । त्यहि दिन अदालतले उनलाई पुर्पक्षमा राख्न आदेश दियो । त्यस्तै सांसद रेशम चौधरीले सञ्चारकर्मीहरु संग कुरा गर्दै जेलभित्रैपनि आफुलाई विभिन्न किसिमको यातना दिदै आएको का थिए ।

‘राती सुतेपछि वाहिरबाट ढोका बन्द गरिदिने, कडा निगरानीमा राख्ने, भेटघाटमा कडाई गर्ने काम भैरहेको छ,’ उनले भने, ‘वास्तवमा राज्यले हामीलाई हदैसम्मको कानूनी विभेद गरिरहेको छ । नवराज सिलवाल, ववन सिंह, केपी ओली, प्रचण्ड, यहाँ कसलाई मुद्धा लागेको थिएन र ? तर हामीलाई गरिने व्यवहार फरक छ । राज्यले हामीलाई मरेकै देख्न चाहान्छ भने हामी अनशनमै मरेर देखाउँछौ ।’

थुनामा रहेका उनीहरुले एउटै राज्यमा पनि कानूनी रुपमा विभेद भैरहेको दावी गरेका छन् । घटनाका २६ आरोपीमध्ये कैलाली कारागारमा रहेका २४ जना अनशनमा बसेका छन् । भने दुई जना नाबालक पोखरास्थित बालसुधार गृहमा रहेका छन् ।

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्