Logo
२६ पुस २०८१, शुक्रबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लागुऔषध कारोबारीका भरिया होइन मालिकलाई पक्राउ गर : गृहमन्त्री थापा

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारीका भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नेगरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण इकाइ र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अधिकारीसँगको छलफलमा गृहमन्त्री थापाले लागुऔषधको तस्करी नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, “लागुऔषध तस्करीको मुख्य नाइके देश विदेश जहाँ भए पनि पक्राउ पर्ने गरी काम गर्नुहोस् । राजनीतिक संरक्षण भए पनि तिनलाई नछाड्नुहोस् ।” उनले नेपालमा लागुऔषधको धन्दा गर्नेको सञ्जाल पत्ता लगाएर त्यसलाई तोड्ने गरी कार्ययोजना बनाएर ल्याउन मन्त्रालय र प्रहरीका अधिकारीलाई निर्देशन दिए ।

लागुऔषधका कारण पारिवारिक सम्बन्ध बिग्रिरहेको तथा समाजलाई समेत दूषित बनाइरहेको उनको भनाइ छ ।कार्यक्रममा गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेले नेपालमा करिब दुई लाख कडा लागुऔषधका प्रयोगकर्ता रहेको तथा बर्षेनी ११ प्रतिशतका दरले त्यसमा वृद्धि भइरहेको तथ्यांक प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्