Logo
४ आश्विन २०८१, शुक्रबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लाखौँ ठगी अभियोगमा फरार रहेकी रोमा न्यौपाने प्रहरीको नियन्त्रणमा

काठमाडौँ : लाखौँ ठगेर फरार कलाकार रोमा न्यौपानेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक खुट्टाको भरमा नाच देखाएर चर्चा बटुलेकी कलाकार भनिने न्यौपानेलाई ठगी मुद्दामा प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।ठगी मुद्दाको फरार अभियुक्त रहेकी न्यौपाने लामो समयदेखि प्रहरीको आँखा छलेर लुक्दै आएकी थिइन् । १२ फागुनमा प्रहरीले पक्राउ गरे पनि महानगरीय प्रहरी वृत्त दरबारमार्ग र लैनचौर वृत्तले मुद्दाको गम्भीरता बुझ्दै नबुझी उनलाई त्यसै छोडिदिएको थियो ।

वृत्तको गल्ती सच्याउँदै प्रहरी परिसर काठमाडौंले १३ फागुनमा न्यौपानेलाई पक्राउ गर्न काठमाडौंका सबै वृत्तमा सर्कुलर गरेपछि उनको खोजी व्यापक पारिएको थियो ।

न्यौपानेविरुद्ध कोहीनूर बस्नेत, ससैना रञ्जितकार र धनेश्वरी रञ्जितकारले साढे ३६ लाख रुपैयाँ ठगी गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर त्यसैमार्फत भीएडी नेपाल लघुवित्त कार्यक्रम नामको सहकारी अनुमतिबिना चलाई लाखौं रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ ।

रोमा र उनका श्रीमान् चिरञ्जीवी पोख्रेलमाथि २०७२ साउन २९ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । सोही मुद्दामा अदालतले २०७३ पुस २६ गते चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो भने रोमा भने अदालतको म्याद तामेल नगरी बसेकी थिइन् ।

अदालतमा बयानका लागि उपस्थित नभइ उनी फरार भएकी थिइन् । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार पुस २६ गते न्यायाधीश कृष्ण कोइरालाको ईजलासले रोमा प्रतिवादी भएको ठगी मुद्दामा आंशिक दाबी पुग्ने गरी फैसला गरिसकेको छ ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्