भोलि हड्ताल भन्दै अफबाह फैलाउने रञ्जित गुरुङ पक्राउ
काठमाडौं : फागुन २५ र २६ गते बन्द आव्हान गर्ने ‘पुर्व जनमुक्ति सेना रञ्जित गुरुङ समुह’का अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् ।
गुरुङलाई काठमाडौको न्युरोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले गुरुङ पक्राउ परेका पुष्टि गर्दै गुरुङले धाक र धम्की दिएर चन्दा असुल्ने काम समेत गरेको पाइएको बताए ।
गुरुङको समुहले केही दिनअघि चार बुँदे माग अघि सार्दै फाग्ुन २५ र २६ गते नेपाल बन्द आव्हान गरेको थियो । गुरुङ तत्कालिन माओवादीका लडाकू हुन् ।