Logo
२६ पुस २०८१, शुक्रबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिमा भण्डारीलाई राजपाको पनि सर्मथन, सहकार्य गर्न जिम्मा ठाकुरलाई

काठमाडौं । बाम गठबन्धनका तर्फबाट राष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी विद्यादेवी भण्डारीलाई राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले पनि समर्थन गर्ने भएका छन् । योसंगै राजपा पनि सत्ता घटक हुने करिब–करिब निश्चित भएको छ । फोरमलाई मात्र सरकारमा सहभागी गराउन लागिएको भनिएका बेला राष्ट्रपति निर्वाचनमा बाम गठबन्धनलाई राजपाले पनि सघाउनुलाई अर्थपुर्ण मानिएको छ ।

‘निश्चित रुपमा एउटा सैद्धान्तिक सहमती भएको छ, त्यसपछि मात्र हामिले बाम गठबन्धनका उम्मेदवारलाई सर्मथन गर्ने निर्णय गरेकाछौं’ राजपा अध्यक्ष मण्डलका एक सदस्यले भने ‘तर हामि परिणाम मुखि उपलब्धीपछि मात्र सरकारमा जानेछौं ।’

‘फोरम जस्तो हामिले भोली, आज, अहिलेको कुरा गर्दैनौं’ उनले भने हामिबिच सैद्धान्तिक सहमती भइसकेको छ । औपचारिकक्ता दिन मात्र बाकि छ, जस्का लागि हाम्रा संयोजक महन्थ ठाकुरलाई जिम्मा दिएका छौं ।’ तर राजपा भने परिणाम मुखि उपलब्धीपछि मात्र सरकारमा सहभागी हुने उनले बताए ।

राष्ट्रपति/सभामुख समेत प्याकेजमै सैधान्तिक सहमती थियो तर एमालेले यथावत राष्ट्रपतिलाई उम्मेदवारलाई अघि सार्ने भएपछि अब सिनारियो फेरिएको छ ।’ उनले भने ‘भणडारीलाई नै दोह¥याउन सकिने कुरा यसअघि पनि भएको थियो तर त्यस्तो भएको खण्डमा अन्य कुरामा प्याकेज डिल गर्ने कुरा पनि थियो अब त्यही अनुसार सहकार्य अगाडी बढ्ने छ ।’

श्रोतका अनुसार राजपा/फोरमलाई २/२ ओटा मन्त्रालय र अन्य राजनीतिक सिटमा ‘प्याकेज डिल’ गरिएको छ । यद्यपी यसबारे एमाले माओवादी समेत राजपाका नेताहरुले भने केहि खुल्न चाहेका छैनन ।

राजपा अध्यक्ष मण्डलका अर्का नेता राजकिसोर यादवले प्रधानमन्त्रीसंग वार्ता गर्ने जिम्मेवारी संयोजक महन्थ ठाकुरलाई दिइएको बताए । ‘एउटा सैद्धान्तिक अधारसहित हामि अध्यक्ष मण्डलले ठाकुरजीलाई जिम्मेवारी दिएका छौं, उहाँ नै प्रधानमन्त्रीको टचमा हुनुहुन्छ’ उनले भने अहिले नै हामिले केहि भन्न मिल्दैन चाडै नै यो देशले निकास पाउने छ । अब सिंगो देशको स्वीकार्य गर्नेगरि संविधानमा संशोधन हुनेछ ।’

त्यस्तै, राजपा अध्यक्ष मण्डलका अर्का शिर्ष नेता राजेन्द्र महतोले केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाई आवश्यक नै परेको हो भने आफूहरु सघाउन तयार भएको बताएका छन् । सप्तरीको मलेठ घटनामा ज्यान गुमाएकाहरुको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै महतोले सरकारको पक्षमा दुई तिहाई पुर्याउन आफूहरु तयार भएको तर त्यसपछि ओली सरकारमा दम्भ भने हुन नहुनेमा जोड दिए ।

‘सरकारलाई दुई तिहाई चाहिएकै हो भने राजपा ओलीलाई सघाउन तयार छ । तर, दुई तिहाईको दम्भ हुनुहुँदैन । असन्तुष्ट पक्षको संविधान संशोधनलगायतका मागको सम्बोधन हुनुपर्छ ।’ उनले भने ‘तर बल भने ओलीजीको कोटमा छ ।’

फोरमको पनि समर्थन
संघीय समाजवादी फोरमले राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई समर्थन गर्ने बताएको छ । वाम गठबन्धनको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएकी भण्डारीलाई मधेसकेन्द्रित दल फोरमको समेत भोट प्राप्त हुने पक्का भएको छ ।

उपेन्द्र यादवले राष्ट्रपति निर्वाचनमा सरकार समर्थित उम्मेदवारलाई समर्थन गर्ने बताए । ‘संविधान संशोधन र नयाँ सरकारको विषयमा हामी सत्तापक्षसंग नजिक छौं,’ उनले भने, ‘त्यसकारण समेत राष्ट्रपतिमा भण्डारीलाई समर्थन गर्नेछौं ।

भण्डारीका पक्षमा दुई तिहाई मतभार
यता, फोरमको समर्थनसँगै राष्ट्रपति निर्वाचनमा भण्डारीलाई दुई तिहाइभन्दा बढी मत प्राप्त हुने देखिएको छ । सत्ताको नेतृत्वकर्ता दल एमाले संविधान संशोधनमा सहमत भएपछि फोरमसमेत नयाँ सरकारमा सहभागी हुने तयारीमा छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्रसँगै दुई मधेश केन्द्रित दलसमेत पक्षमा उभिएपछि भण्डारीका पक्षमा दुई तिहाई मतभार कट्ने भएको छ । नेकपा एमालेले राष्ट्रपति भण्डारीलाई पुनः राष्ट्रपतिमा मनोनयन गर्ने निर्णय मध्यरातमा गरेको थियो । हिजो बसेको पार्टी स्थायी समिति बैठकमा चर्को बहसपछि भण्डारीलाई नै राष्ट्रपतिमा दोर्हयाउने निर्णय भएको हो ।
बुधवार राष्ट्रपति भण्डारी आफै उपस्थित भएर मनोनयन दर्ता गरेकी छिन् । उनको पक्षमा प्रस्तावक र समर्थक बस्न राजपा र फोरम दुवै तयार भए पनि मनोनयनपछिमात्र सम्पर्कमा आएका थिए । आउदो २९ गते नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । राष्ट्रपति हुनका लागि ५० प्रतिशत मतभार कटाउनुपर्छ ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्