Logo
२३ कार्तिक २०८१, शुक्रबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिकालागि आज उम्मेदवारी मनोनयन दर्ता, विद्या भण्डारी नै दोहोरिने निश्चित

काठमाडौं : संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुदैछ । यही फागुन २९ गतेका लागि तय गरिएको चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि अहिले बिहान १० बजेदेखि २ बजेसम्मको समय तोकेको छ । आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रपति निर्वाचनका लागि बुधबार १० बजेदेखि अपराह्न २ बजेसम्म दलहरुले उम्मेदवारी दर्ता गर्न सक्ने जानकारी दिए ।

यसैवीच, नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । मध्यरातसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गरेको हो । राष्ट्रपतिका लागि भण्डारीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल दावेदार थिए । तर, भण्डारीको नाममा सहमति जुटेको छ ।

भण्डारी ११ कात्तिक २०७२ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेकी थिइन् । प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरको निर्वाचक मण्डलले राष्ट्रपति चयन गर्नेछ र वाम गठबन्धनको प्रष्ट बहुमत छ ।

यता कांग्रेसले भने कसलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छैन । यसबारे छलफल भइरहेको कांग्रेस नेताहरुले जनाएका छन् ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्