Logo
४ आश्विन २०८१, शुक्रबार
(March 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौँ : राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति तय गरेकाले सो बारेमा छलफल गर्न बैठक बसेको पार्टीका सचिव गोकर्णराज विष्टले जानकारी दिनुभयो । वाम गठबन्धनका तर्फबाट राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्ने समझदारी छ ।

आजको बैठकमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या अन्य व्यक्तिलाई उम्मेदवार बनाउने भन्नेमा एमालेले निर्णय गर्ने बुझिएको छ ।

पार्टीका नेता माधवकुमार नेपालको आजै ६५औँ जन्मदिन परेकाले केक काटेर बैठक सुरु गरिएको थियो ।

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्