डा. केसीलाई ३ दिन भित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश
काठमाडौं : त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीलाई ३ दिन भित्र अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको एकल इजलासले अदालतको अवहेलना सम्बन्धी परेको मुद्दामा डाक्टर केसीलाई स्वयं उपस्थित हुन आदेश दिएको हो ।
आफू संलग्न भएको विवाद सम्बन्धी मुद्दाको सुनुवाई नगर्ने चलन भए पनि प्रधानन्यायाधीश पराजुलीले केसीको मुद्दामा आदेश जारी गर्नुभएको छ ।