Logo
४ आश्विन २०८१, शुक्रबार
(March 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा दीपावली गरेर मात्र संविधानले पूर्णता पाउँदैन : उपेन्द्र यादव

काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्‍यक्ष उपेन्द्र यादवले देशभरका जनतालाई अपनत्व बनाउनका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

मंगलबार संघीय संसदमा बोल्‍दै उनले भने, ‘संविधान संशोधन गर्नुपर्छ, काठमाडौंमा दीपावली गरेर मात्र संविधानले पूर्णता पाउँदैन ।’

अध्‍यक्ष यादवले नेपाल विविधताले भरिएको देश भएकाले अनुहार, भाषा र संस्कार फरक फरक भए पनि हामी एउटै माला नेपाली बन्‍नु पर्ने बताए। उनले भने, ‘अनुहार, भाषा नमिले पनि सयौं थुंगा नेपाल बनाऔ ।’

उनले अर्को प्रसँगमा अरु देशमा कम्युनिष्टकै वादमा टेकेर त्‍यसैलाई बिर्सिएको भन्‍दै नेपालमा भने त्यस्तो नल्‍याउन आग्रह गर्दै भने, ‘अरु देशमा कम्युनिष्ट गनाए, नेपालमा त्यस्तो नहोस् ।

दुई तिहाइ मात्र होइन १०० प्रतिशत नै कम्युनिष्ट थिए । सचेत हुनुहोस् । अनुहार, भाषा नमिले पनि सयौं थुंगा नेपाल बनाउनुहोस् ।’

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्