आज शीर्ष दलका नेताले संसदमा सम्बोधन गर्ने
काठमाडौं : आज शीर्ष दलका नेताले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।
प्रमुख राजनीतिक दलका संसदीय दलका नेताहरूले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्ने भएका हुन । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँचवटै राष्ट्रिय दल तथा स्वतन्त्र सांसदहरूले संसद्मा सम्बोधन गर्न लागेको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ । सोमबार अधिवेशन शुरु भएकै दिन सम्बोधन गर्ने तयारी भए पनि पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणको कार्यतालिका र संसद् बैठक एकै समयमा परेपछि आजका लागि सम्बोधनको समय तोकिएको बुझिन्छ ।