राष्ट्रपति उम्मेदवार छान्न एमालेले बोलायो स्थायी कमिटी बैठक
काठमाडौं : राष्ट्रपति उम्मेदवार छान्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।
वाम गठबन्धनबीच एमालेलाई राष्ट्रपति दिने सहमति बनिसकेको भए पनि एमालेले यसको टुंगो लगाउन नसकेको बेला आज एमालेले स्थायी कमिटी बैठक बोलाएको हो ।
फागुन २९ का लागि तय भएको राष्ट्रपति चुनावमा उम्मेदवार बन्न वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसँगै वरिष्ठ नेता झलनाथ खनालले इच्छा देखाएका छन् ।
एमाले सचिव गोकर्ण विष्टले राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न आज एमाले स्थायी समिति बैठक बस्न लागेको जानकारी दिए । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।