Logo
११ मंसिर २०८१, मंगलबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमान खानलाई नेपालमा ल्याई छाड्ने आयोजकको दावी

काठमाडौं : सलमान खानलाई ओडीसी इन्टरटेन्मेटले नेपालमा ल्याउने दावी गरेको छ । पछिल्लो समय सलमान नेपालमा आउने बारे विभिन्न चर्चा चलिरहेको बेला इन्टरटेन्मेटले यस्तो दावी गरेको हो ।

ओडीसी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङले कार्यक्रमको सम्पूर्ण तयारी भैसकेको भन्दै कार्यक्रमको मिति हेरफेर हुन सक्ने भएपनि सलमानलाई नेपालमा ल्याई छाड्ने दावी गरे ।

उनले भने,‘करोडौंको टिकट बिक्री भैसकेको छ । सलमानका फ्यान उनको कार्यक्रमको प्रतीक्षामा छन्, कार्यक्रमको मिति सर्न सक्छ तर ढिलै भएपनि सलमानलाई ल्याई छाड्छौं ।’

५ करोड भारतीय रुपैयाँ सलमानलगायतका अन्य कलाकारलाई पठाइसकेको भन्दै उनले कुनै पनि हालतमा कार्यक्रम स्थगित नहुने स्पष्ट पारे ।

यही फागुन २६ गते कार्यक्रम हुने तयारी भैरहेका बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघले सलमानको कार्यक्रम स्थगित गर्न माग गरेको थियो ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्