Logo
४ आश्विन २०८१, शुक्रबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने : प्रम ओली

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताप्रति उत्तरदायी हुने बताए । शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारको सम्पुर्ण प्रयास नेपाल देशको विकास र समृद्धिका लागि हुने बताए । ‘सरकारका हरेक कदम सुधारका लागि, विकासका लागि र जनताका हितका लागि हुनेछन्’, प्रधानमन्त्री ओलीले भने ।

सरकारले कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनुभुत गर्नेगरी नै समृद्धिका काम गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । ‘हामीले समृद्धि प्राप्त ग¥यौँ भनेर मात्र हुँदैन ।’ प्रधानमन्त्री ओलीको भनाइ छ ‘जनताको जीवन स्तरबाट यस कुराको पुष्टि हुनुपर्छ ।’ प्रधानमन्त्री ओलीले कोही पनि नेपाली भोकै मर्न पर्ने अवस्थाको अब अन्त्य हुने भन्दै केही बर्षभित्र नेपाल अल्पविकशित देशको सुचीबाट विकसित देशमा पुग्ने दाबी गरे ।

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने बताएका छन् । हरेक तहका व्यक्तिले आफुभन्दा तल्लो तहका व्यक्तिको नजरमा गीर्ने काम नगरेमा भ्रष्टाचार स्वत अन्त्य हुने प्रधानमन्त्री ओलीको दाबी छ ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गरेका छन् । ‘मेडिकल कलेज सञ्चालनमा गुणस्तरियता आवश्यक छ ’, प्रधानमन्त्री ओलीले भने ‘चिकित्सकको क्षमताको गुणस्तरीयता र भौतिक गुणस्तरियता दुवै आवश्यक छ ।’

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्