Logo
१३ मंसिर २०८१, बिहीबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले जनताको समस्यालाई ध्यानमा राखेर काम गर्नुपर्छ : मन्त्री थापा

म्याग्दी : महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जनताले अनुभूति हुनेगरी काम गर्नुपर्ने बताएकी छिन् । बुधबार महिला तथा बालबालिका कार्यालय म्याग्दीको भवन उद्घाटन गर्दै उनले संविधानले व्यवस्था गरे अनुरुप बनेको तीन तहको सरकारले जनताको समस्यालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताइन ।

सरकारको अधिकार स्पष्ट रुपमा उल्लेख गरेको हुँदा सोही बमोजिम काम गर्नुपर्ने बताउँदै मन्त्री थममाया थापाले सङ्घीयताको कार्यान्वयन अनुसार अघि बढ्नुपर्ने बताए । कर्मचारीतन्त्र स्थायी सरकार भएको हुँदा सरकार र जनताको बीचमा बसेर पुलको काम गर्नुपर्ने भन्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई व्यवस्थित ढङ्गबाट जनतासामु लैजान कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।

उनले कर्मचारी र प्रशासन क्षेत्रबाट सबैभन्दा पहिला राज्यको नीति तथा कार्यक्रमहरुलाई इमान्दारीताका साथ लागू गरी कार्यान्वयन गर्नुपर्ने बताउँदै परिवर्तित सन्दर्भमा परिवर्तनको महशुस गराउने कर्तव्य कर्मचारी र प्रशासन क्षेत्रको भएकोमा जोड दिएकी छिन् ।

मन्त्री थापाले आगामी पाँच वर्षभित्र देशलाई समृद्धिको बाटोमा लैजाने मन्त्री थापाले बताउद महिला तथा बालबालिका कार्यालय कुल जनसंख्याको ८१ प्रतिशत जनसङ्ख्यासम्म पुग्ने भएकाले पनि तालिम, गोष्ठी, जनचेतनामूलक कार्यक्रमबाहेक आयआर्जनका क्षेत्रलाई समेत प्राथमिकता दिनेगरी सरकारले बजेटमार्फत सम्बोधन गर्ने उनले बताएकी छिन् ।

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्