Logo
४ आश्विन २०८१, शुक्रबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा-फोरमले बनाए सबैभन्दा ठूलो प्रदेश सरकार

काठमाडौं : संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको प्रदेश नम्बर २ को संयुक्त सरकार देशभरका प्रदेश सरकारहरु मध्ये ठुलो सरकार बनाएको छ । दुवै पार्टीको सिफारिसमा मुख्यमन्त्री लालबाबु राउतले अहिलेसम्मको सबैभन्दा ठूलो प्रदेश सरकार बनाएका हुन् ।

बुधबार उनले फोरम र राजपाका ४ मन्त्री र ३ राज्यमन्त्रीलाई सपथ खुवाएका छन् । योसँगै नम्बर २ को मन्त्रिमण्डल १० सदस्यीय बनेको छ ।  प्रदेश नम्बर २ मा तीन जना राज्यमन्त्री पनि नियुक्त भएका छन् । सात प्रदेशमध्ये पहिलोपटक प्रदेश २ मा राज्यमन्त्री नियुक्त भएका हुन् । संविधानले प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशतलाई मन्त्री बनाउन पाउने व्यवस्था गरेको छ ।

फोरमका ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानूनमन्त्री र शैलेन्द्र साह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् । त्यस्तै, राजपाका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह सामाजिक विकास मन्त्री र रामनरेश राय उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । फोरमका सरोज सिंह आन्तरिक मामिला तथा कानून, योगेन्द्र राय यादव भूमि, व्यवस्था, कृषि तथा सहकारी र उषा यादव आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका हुन् ।

राजपाले पनि राज्यमन्त्री बनाउने भएपनि आज नाम टुंगो नलागेको नेता केशव झाले जानकारी दिए । यसअघि राउतको मन्त्रिमण्डल तीन सदस्यीय थियो। फोरमका विजय यादव आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए भने राजपाका जितेन्द्र सोनलले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका थिए ।

 

 

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्