Logo
४ आश्विन २०८१, शुक्रबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को सरकार बिस्तार : ज्ञानेन्द्र, शैलेन्द्र, योगेन्द्र, नवलकिसोर, रामनरेश समेत ७ नयाँमन्त्री

जनकपुरधाम : प्रदेश २ को सरकार विस्तार हुने भएको छ । फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिने भएका छन् ।फोरमले गृह (आन्तरिक मामिला तथा कानुन) मन्त्रीमा ज्ञानेन्द्रकुमार यादवलाई पठाएको छ । गृहमन्त्री बन्न लागेका यादव धनुषा ४ ‘क’ बाट निर्वाचित सांसद हुन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्र साहलाई पठाइएको छ । शैलेन्द्र सप्तरी २ ‘क’ बाट निर्वाचित साह मुख्यमन्त्रीको दावेदार थिए ।  फोरमले तीन राज्यमन्त्रीमा उशा यादव, सरोज सिंह र योगेन्द्र रायको नाम पठाएको छ । उशा अर्थ, सरोज गृह र यागेन्द्र भूमिव्यवस्था राज्यमन्त्री हुनेछन् । फोरमबाटै मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादव भइसकेका छन् ।

सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले नवल किशोर साह र रामनरेश राय यादवको नाम सिफारिस गरेको छ । साह सप्तरबिाट प्रतयक्ष निर्वाचित सांसद हुन् भने यादव समानुपातिक सांसद हुन् । राजपाबाट जितेन्द्र सोनल यसअघि नै मन्त्री बनिसकेका छन् ।  सोनल भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ बुधबार विहान १० बजे राखिएको थियो । तर, राजपाले नाम दिन ढिलाई गरेका कारण सपथग्रहण पछि सारिएको छ ।

 

 

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्