मुख्य न्यायधिवक्ता दिपेन्द्र झा फरार सुचिमा, काठमाडौ अदालतमा मुद्धा दायर रहेको खुलासा
जनकपुर : प्रदेश नम्बर २ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झा विरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्धा दायर रहेको खुलेको छ । कोषराज न्योपानेको जाहेरीका अधारमा सरकारी वकिलको कार्यालय काठमाण्डौंका साहयाक जिल्ला जिल्ला न्याधिवक्ता बद्रीकुमार कार्कीले उनी विरुद्ध मुद्धा दायर गरेको हो ।
नागरिक टाइम्सलाई प्राप्त कागजका अधारमा २०७४ पौष ३० गते उनी विरुद्ध मुद्दा दायर भएका हो । उक्त अभियोग पत्र अनुसार महोतरी घर भई ललितपुर जिल्ला वडा नम्बर ५ टिकाथली बस्ने मोहित झाको नाती, उदितनारायण झाको छोरा, तराई ल एसोसिएट तथा तराई जस्टिस सेन्टरका ३८ वर्षिय अभियुक्त दिपेन्द्र झा हाल फरार रहेका छन् ।
अभियोगपत्रमा झाको मोवाइल नम्बर ९८५१०७६६८० र ९८०१०७६६८० को कल डिटेल्स युजर डिटेल्स समेत उपलब्ध गराईदिन भनिएको छ । तर यो मुद्दा भने उनी मुख्यन्यायधिवक्ता बन्नु पुर्व नै दर्ता भएको हो । उक्त अभियोग पत्रमा मुख्यन्यायधिवक्ता भन्ने शब्द उल्लेख छैन ।
हेर्नुस् कागजातहरु :