‘संरक्षण’ पुनः प्रदर्शनमा आउने (हेर्नुस् गीत होरी मे गोरी…)
काठमाडौं : अभिनेता द्वय निखिल उप्रेती र सौगात मल्ल स्टारर फिल्म ‘संरक्षण’ पुनः प्रदर्शनमा आउने भएको छ । गएको साउन २७ गते देशव्यापी प्रदर्शनमा आए पनि लगातारको वर्षाले तरार्इका अधिकांश भु–भाग डुबानमा परेपछि फिल्मले अपेक्षा अनुसार दर्शकको साथ पाउन सकेको थिएन ।
अब यो फिल्म होलीको छेको अर्थात्, फागुन १७ गतेबाट वीरगंज लगायत देशभरका विभिन्न सिनेमा हलहरुबाट फेरि प्रदर्शनमा आउने भएको छ । निर्माता प्रदीप कुमार उदयका अनुसार, विराटनगर, जनकपुर, राजविराज, गौर, विरगञ्जलगायत ८ जिल्लामा फिल्म रि-रिलिज हुने बताएका छन् ।
उनले भने, ‘संरक्षण’ रिलिजको समयमा डुबानमा परेका विभिन्न जिल्लामा विशेष गरि फिल्म पुनः प्रदर्शन गर्दै छौ ।’ वीरगंजको ए म्याक्स सिनेमा हाल, जितपुरको जयलाक्षामी सिनेमा घर, गौरको शान्ता हल, मलंगवाको पुष्प टाकिज, जनकपुरको निलम टाकिज लायात्का हालहरुमा होलिको शुभ आवसरमा रिलिज हुने चलचित्रका निर्देशक पूर्णेन्दु झाले बताए ।
फिल्मले तराई क्षेत्रमा हुने राजनीति र त्यसले जनता र प्रहरीलाई कसरी असर पुर्याउँछ भन्ने कथा बोल्छ । फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । ‘संरक्षण’ मा कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, रमेश रञ्जन, अशिष्मा नकर्मी, रमेश बुढाथोकी लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।
पूर्णेन्दु झाले निर्देशन गरेको फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् । राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो फिल्ममा उतारिएको छ । फिल्ममा नायक निखिल उप्रेती ‘एसपी खरेल’ र सौगात मल्ल ‘डीएसपी थारु’ को भूमिकामा देखिएका छन् ।
हेर्नुहोस्, ‘संरक्षण’ को होली गीत :