Logo
२६ पुस २०८१, शुक्रबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

In Depth : उपेन्द्र प्रचण्डको ‘टच’मा, ओलीले ठाकुर-महतोलाई पट्याउदै !

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल तम्तयार देखिएका छन् । कुनैबेला सबैभन्दा ठुलो राजनीतिक दुश्मन पार्टी भन्दै पानीबराबरको सम्बन्ध रहेको एमाले र राजपा–फोरम संगै सहकार्य गर्दै सरकार पक्ष बन्ने भएका हुन् । निर्वाचन पुर्व एमालेसंग राजपा–फोरमको राजनीतिक सम्बन्ध निकै खराब थियो भने उक्त २ दलका कारण एमालेले मधेशमा कुनै पनि औपचारिक कार्यक्रम गर्न सकेको थिएन । राजपा–फोरम नेतृत्वको आन्दोलनका कारममा एमाले मेचि–महाकाली यात्रासम्म स्थगित गर्नु परेको थियो ।

श्रोतले भने ‘तर अब त्यो समय रहेन यहाँ धेरै किसिमका राजनीतिक सम्झदारीहरु भइसकेका छन् अब उहीँ एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा राजपा–फोरमले पनि सहयात्रा गर्नेछन् ।’ पछिल्लो समय एमालेको धारणा नै परिवर्त भएको हो ।  मुलतः संविधान संशोधन गर्न एमाले तयार भएपछि राजपा फोरम सरकारमा जान तयार भएका हुन् । मधेशी दलले सुरुदेखि नै राख्दै आएका मागहरु संशोधन मार्फत पुरा गर्न प्रधानमन्त्री ओली स्यवंले अग्रसरता देखाएपछि राजपा–फोरमले पनि सरकारमा जान तम्तयारी थालेको हो । यसकालागि अनौपचारिक रुपमा कयौं किसिमका छलफलहरु भइसकका छन् भने संभवत बुधवारसम्ममा यसलाई औपचारिकता दिई सम्झौता गर्ने बताइएको छ ।

सत्तापक्षबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अगुवाई गरेका छन् भने मधेशी दलको तर्फबाट फोरम अध्यक्ष उपेन्द्र यादवले अगुवाई गरिरहेका छन् । सविंधान संशोधन लगतै महत्वपुण मन्त्रालयको जिम्मेवारी पाउन यादवले पछिल्लो केहि दिनदेखि सक्रियता देखाएकका छन् । त्यस्तै राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अगुवाई संयोजक महन्थ ठाकुर समेतले प्रधानमन्त्री ओलीसंग संवादमा रहेका छन् ।

‘औपचारिक रुपमा संक्रमणकालको समाप्तीसंगै विवादका मुद्धाहरुलाई पनि समाधान गर्नै पर्दछ, अब देश धेरै समय द्धन्द्धमा फसिरहनु हुदैन, मुलुक समृद्धिको मार्गमा अब अगाडी बढ्नुपर्दछ, आऊ सम्झौता गरौं र सरकारलाई तराई÷मधेश समेतको सहभागितामा राष्ट्रिय स्वरुप देऔं’ प्रधानमन्त्री ओलीको कुरा उदृत गर्दै ठाकुरले भने ‘संशोधन गर्न एमाले तयार भएको छ तर मुद्दाबारे छलफल जारी रहेको छ ।’ उनले भने ‘सरकारमा जानु महतवपुर्ण कुरा होइन संविधान संशोधन महत्वपुर्ण कुरा हो, र यो दाइत्व मात्र हाम्रो होइन स्वयं एमालेको पनि हो, किनकी उस्ले पनि मधेशीको मत लिएका छन् ।, हो संशोधन भयो भने हामिलाई पनि सरकारमा जान मार्ग प्रसस्त हुनेछ ।’

अध्यक्ष मण्डलका अर्का नेता महतोले संशोधनबारे संभवत बुधवारसम्मा मोटा–मोटी एउटा खाका तयार हुने बताए । ‘हाम्रो त पुरानै माग हून, कुनै नयाँ कुरा छैन, महतोले भने त्यो सबै मागहरु एमालेलाई पनि थाह छ, त्यसबारे उहाँहरुले आपसी छलफल पछि एउटा खाका सहित औपचारिक रुपमा उपस्थित हुने आशवासन दिएका छन् संभवत बुधवारसम्म एउटा सम्झदारी बन्ने छ । उनका अनुसार दुई तिहाई बहुमत सहितको सरकारको नेतृत्व गर्न अग्रसर भएका प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर गर्ने भएका हुन् ।

महतोले संशोधनपछि मात्र सत्ताबारे कुनै छलफल हुने बताए । ‘मात्र सरकार होइन राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखका पनि कुराहरु छन् यदि सहकार्य नै गर्ने हो भने हामि त यसबारे पनि चासो राख्छौ महतोले भने बिभिन्न राजनीतिक नियुक्ती लगायत विषयसम्ममा प्याकेजमै हामिले सहमतीको प्रस्ताव गरेका छौं ।’ प्रदेश नम्बर २ मा बहुमत प्राप्त गरि सरकारको नेतृत्व गरेको मधेश गठबन्धनसंग प्रतिनिधिसभामा ३३ र राष्ट्रिय सभामा ४ सिट छ । तालमेल गरि निर्वाचनमा भाग लिएका राजपाले प्रत्यक्षमा ११ फोरमले १० र समानुपातिकबाट ६/६ सिट प्राप्त गरेका थिए । त्यस्तै राष्ट्रियसभामा २/२ सिट रहेको छ ।

एमाले नेता रघुवीर महासेठले फोरम र राजपा सरकारमा सहभागी हुने करिब–करिब निश्चित नै भएको बताए । उनले एमाले–माओवादी र राजपा–फोरमको शीर्ष तहमा बुधवारबाट औपचारिक रुपमै छलफल सुरु हुने बताए । ‘हामीले सकारात्मक वातावरण बनोस् भन्ने सोचका साथ उहाँहरूको सरकारलाई प्रदेश २ मा निसर्त सर्मथन दियौं,’ महासेठले भने, यसले कुराकानीको वातारण बनेको छ तर्सथ एमालेले नै समस्या समाधान गर्न अग्रसरता देखाएको भन्दा अन्याथा नहोला अब ‘तराई–मधेश र हिमाल–पहाडको समग्र विकासका लागि उहाँहरुको पनि सहभागिता आवश्यक छ ।’ महासेठका अनुसार संविधान संशोधन गरी दुई तिहाइ बहुमतको सरकार चलाउने दिशामा एमाले अघि बढेको हो ।

उनले महत्वपुर्ण राजनीतिक शक्ति भएकाले फोरम–राजपा दुवै दललाई सरकारमा ल्याएर विश्वासमा लिँदै सरकारलाई राष्ट्रिय दिन लागिएको हो । ‘मधेशी माग मात्र राजपा–फोरमको होइन’ उनले भने ‘त्यो हाम्रो पनि माग हो तर्सथ त्यसलाई सम्बोधन गर्न एमालेले अग्रसरता देखाएको हो ।’ माओवादी अध्यक्ष प्रचण्डको अगुवाई एमालेबाट सुवासचन्द्र नेम्वाङसहितको टोलीले राजपा–फोरमका नेतासँग भेट गरी संविधान संशोधनको मिलन बिन्दु खोज्ने प्रयास थालिएको हो । ‘संविधानको धारा २७४ मै रहेर सहमतीको मिलन बिन्दु खोज्ने प्रयास गरिरहेको छ । दुवै पक्षबाट अनौपचारिक कार्यदलले निरन्तर गृहकार्य गरिरहेको छ । चाँडै सहमतीको फाइनल ड्राफ्ट तयार हुन्छ’ उनले भने ।

त्यस्तै, एमालेका उपाध्यक्ष भीम रावलले आईतबारसम्ममा फोरम राजपाका नेताहरु सहभागितामा मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । मंगलवार राजधानीमा आयोजित एक साक्षत्कारमा उनले भने, ‘हाम्रो चाहना भनेको अध्यधिक राजनीतिक दलको सहभागिता होस, यस्तो भयो भने राष्ट्रिय एकता बलियो हुन्छ, त्यसैले हामीले राजपा÷फोरमलाई सरकारमा सहभागी गराउन चाहेको हौं,।’

अनिलकुमार झा आइतबार दिल्लीमा
यसैबीच, प्रदेश तथा केन्द्र सरकार गठनको रस्साकस्सी चलिरहेको बेला राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा आइतबार दिल्ली पुगेका छन् । केन्द्रिय सरकामा सहभागिता तथा प्रदेश नम्बर २ सरकारको पूर्णता लगायतको विषयमा बबरमहलमा तीन दिनदेखि बैठक जारी बैठक छाडेर झा दिल्ली गएका हुन् । यसबारे बिभिन्न कुराहरु बाहिर आइरहदा राजपाले भने पार्टीको विद्यार्थी संगठन (भारत) ले आयोजना गरेको सम्मान तथा साँस्कृतिक कार्यक्रममा भाग लिन उनी त्यता गएको बताएको छ । कार्यक्रममा भागलिन राजपा अध्यक्ष मण्डलकै सहमतीमा झालाई दिल्ली पठाइएको राजपाका एक नेताले बताए ।

प्रकाशित मिति: Feb 27, 2018

प्रतिक्रिया दिनुहोस्