Logo
४ आश्विन २०८१, शुक्रबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निकटतम् सहयोगीका साथ पचली भैरव मन्दिरमा पूर्व युवराज पारस शाह

काठमाडौं : पूर्व युवराज पारस शाह मंगलबार काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर पुगेका छन् । पूर्व युवराज शाहले भरवनाथ मन्दिरमा पुगी पूजा आराधना गरेका हुन् ।

त्यस अवसरमा मन्दिर परिसरमा उनलाई पञ्चैबाजा बजाएर स्वागत गरिएको थियो । पूर्व युवराज शाह मन्दिर पुग्दा उनका समर्थकहरुले ‘सरकारको जयहोस’ जस्ता नाराबाजी समेत गरेका थिए ।

निकटतम् सहयोगीका साथ मन्दिर पुगेका पारस निकै दुब्लो देखिएका छन् । नेपालबाट राजतन्त्र हटेसँगै थाइल्याण्डमा बस्न थालेका उनी २०६९ साल फाल्गुन ८ मा अचेत भएर लडेसँगै ११ दिनसम्म बेहोस भएका थिए ।

त्यस घटनापछि एक महिना उपचार गरेर पूर्ण निको भएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो ।  यस्तै उनी २०७१ असारमा थाइल्याण्डमा नै गाँजासहित पक्राउ परेका थिए ।

त्यसबेला उनले केही दिन थाई प्रहरीको हिरासतमा नै बस्नु परेको थियो । सो घटनापछि थाइल्याण्ड छाडेर नेपाल बस्न थालेका पारस कहिले काँही मात्रै सार्वजनिक कार्यक्रमहरुमा देखिने गरेका छन् ।

प्रकाशित मिति: Feb 27, 2018

प्रतिक्रिया दिनुहोस्