Logo
१३ मंसिर २०८१, बिहीबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वन क्षेत्रबाट एक किलोमिटर दूरीमा काष्ठ उद्योग राख्न पाइने व्यवस्था

काठमाडौँ : उद्योग विभागले वन पैदावारमा आधारित काष्ठ उद्योग वन क्षेत्रबाट एक किलोमिटर दूरीमा राख्न पाइने व्यवस्था गरेको छ । विभागले यसभन्दा अगाडि काष्ठ उद्योग डेढ किलोमिटरको दूरीमा राख्नुपर्ने व्यवस्था गरेपनि कामको सहजताका लागि वन क्षेत्रबाट एक किमी दूरीमा राख्ने व्यवस्था मिलाएको हो ।

उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले वन मन्त्रालयको विसं २०७४ साउन १९ को रायअनुसार विभागले ३६ इन्च तथा सो भन्दा बढी साइजको आरा रहने सबै खाले उद्योग (सःमिलसमेत) लाई एक किमी दूरीको मापदण्ड कायम गर्ने निर्णय गरेको जानकारी दिनुभयो । विभागले अहिले उच्च तथा मध्य पहाडी क्षेत्रका हकमा मात्र उक्त व्यवस्था लागू गरेको प्रवक्ता भुसालले बताउनुभयो ।(रासस)

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्