Logo
४ आश्विन २०८१, शुक्रबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेबाट पनि २ जनाले मात्र सपथ लिने, डा. खतिवडा अर्थमन्त्री, ईश्वर पोखरेलललाई रक्षा

काठमाडौं : नेकपा एमालेबाट सोमबार दुई मन्त्रीले मात्र सपथग्रहण गर्ने भएका छन् । यसअघि माओवादी समेत गरेर ७/७ जना मन्त्रीहरुले सपथ लिने भनिएको थियो तर माओवादीले समेत २ जना मात्र मन्त्रीको नाम पठाएको छ । एमालेका एक शीर्ष नेताका अनुसार महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडाले सपथग्रहण गर्ने भएका छन् ।

खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ । तर, महासचिव पोखरेलको मन्त्रालय टुंगो लागेको छैन । तर उनी रक्षामन्त्री बन्न लागेको श्रोतको दावी छ ।  सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका खतिवडाको सांसद पदको सपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाइसकेको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म खतिवडा सांसदको हैसियतमा रहने छैनन् । यद्यपि उनलाई मन्त्री बन्न भने संविधानले रोकावट गर्दैन । मन्त्री बनेको ६ महिनाभित्र संघीय संसदको सदस्य भइसक्नुपर्छ ।

प्रधानमन्त्री ओलीले सोमबार चार मन्त्रीमात्रै थप्ने भएका हुन् । उच्च स्रोतका अनुसार एमालेबाट महासचिव पोखरेल र डा. खतिवडा तथा माओवादी केन्द्रबाट रामबहादुर थापा र मातृका यादव मन्त्री बन्ने भएका छन् । चारै मन्त्रीको शपथ साँझ शीतल निवासमा तय भएको छ । एमालेमा अर्थ र माओवादी केन्द्रमा गृह मन्त्रालयको तानातान बढी भएपछि व्यवस्थापन पेचिलो बनेको छ ।

सोमबार थप भएका मन्त्रीहरुको मन्त्रालय भने गोप्य राखिएको छ । स्रोतका अनुसार पोखरेललाई रक्षा, खतिवडालाई अर्थ, थापालाई गृह र यादवलाई वन मन्त्रालयको जिम्मा दिने तयारी भएको छ । पोखरेल प्रधानमन्त्रीपछिको वरीयतामा रहनेछन् ।

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्